Fair Work Commission अष्ट्रेलियाको राष्ट्रिय कार्यस्थल सम्बन्ध न्यायाधिकरण हो। यसले कर्मचारीहरू र रोजगारदाताहरूलाई काममा समस्याहरू समाधान गर्न मद्दत गर्दछ।
सामान्य मुद्दाहरूमा अनुचित पदच्युति, थिचोमिचो, यौन उत्पीडन, भेदभाव, र कार्यस्थल अधिकारको बारेमा विवादहरू समावेश छन्।
-
Fair Work Commission ले तपाईंलाई कसरी मद्दत गर्न सक्छ?
तपाईं जहाँबाट हुनु भए पनि, तपाईंको प्रवेशाज्ञाको स्थिति, वा तपाईं अष्ट्रेलियामा रहनु भएको समयको पर्वाह नगरी काममा लागु हुने कानूनहरू अष्ट्रेलियामा छन्।
स्रोतहरू :
आफ्नो भाषामा मद्दत प्राप्त गर्न, १३१ ४५० मा फोन गरेर Translating and Interpreting Service प्रयोग गर्नुहोस्। संचालकलाई आफ्नो भाषा बताउनुहोस्, तपाईंले the Fair Work Commission को बारेमा फोन गर्दै हुनुहुन्छ भन्नुहोस्, र उनीहरूलाई १३०० ७९९ ६७५ फोन नम्बर दिनुहोस्।